malvika
ma laxmi dental

रोचक बन्दै प्यूठानको निर्वाचन

">

प्यूठानको निर्वाचन  यसपटक रोचक हुने भएको छ । केहि घण्टामा कुनै नाटकिय परिवर्तन भएनभने जिल्लाका सबै दलले फागुन २१ गते एक्लाएक्लै प्रतिष्पर्धा गर्दैछन् ।

">

नेकपा एमालेबाट सूर्य चुनाव चिन्ह् लिएर विघठित प्रतिनिधि सभाका सदस्य सूर्य बहादुर थापा क्षेत्रीले प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । खरो र प्रष्ट बक्ताको रुपमा परिचित थापाले यसअघि गठबन्धनका उम्मेद्वारलाई पराजित गरेर प्रतिनिधिसभामा प्रवेश गर्नुभएको थियो ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट तारा चिन्ह् लिएर लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री कृष्णध्वज खड्काले प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । उहाँ २०७४ सालमा प्रदेशसभा ख बाट निर्वाचित हुनुभएको थियो ।

नेपाली काँग्रेसको रुख चिन्ह् लिएर योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोख्रेलले प्रतिष्पर्धा गर्नुहुनेछ । उहाँले २०७४ सालको निर्वाचनमा गठबन्धनका उम्मेद्वारसंगै एकल प्रतिष्पर्धा गर्नुभएको थियो ।

राष्टिय जनमोर्चाको गिलास चिन्हबाट राजमो नेता तिलक जिसीले प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । उहाँ २०७४ को निर्वाचनबाट झिमरुक गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुुनुभएको थियो ।
राष्टिय स्वतन्त्र पार्टीको घण्टी चुनाब चिन्ह लिएर प्यूठानमा सुशान्त बैदिक प्रतिष्पर्धामा उत्रदै हुनुहुन्छ । प्यूठानको राजनीतिमा बैदिकको अनुहार नयाँ हो ।

त्यस्तै, नेकपा माओवादीले गुलावको फुल चुनाव चिन्ह दिएर सिता विक लाई उम्मेदवार बनाएको छ । उहाँ २०६३ सालको अन्तरिम विधान सभाको विधायक हुनुहुन्छ ।
श्रम संस्कृती पार्टीबाट गोविन्द गिरी, राष्टिय प्रजातान्त्रीक पार्टीबाट धनेश्वर पण्डित, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट श्याम गहराज र नपाली जनता दलबाट बिमल पोख्रेलले प्रतिष्पर्धा गदै हुनुहुन्छ ।

Sarbottam
Loading...