malvika
Sarbottam

प्युठानमा  नेकपा एमाले  अगुवा कार्येकर्ता भेटघाट्मा व्यस्त 

">

प्युठानमा  नेकपा एमाले  अगुवा कार्येकर्ता भेटघाट्मा व्यस्त रहेको छ ।

आफ्नो उम्मेदवारलाई जिताउन एमाले प्युठानले प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुर्य  थापा सहित पालिका, वडा तहमा अगुवा कार्यकर्ता भेटघाट र  चुनावी योजना बनाउन जुटेका छन् ।

सोही सन्दर्भमा बिहिवार जिल्लाको स्वर्गद्वारी नगरपालिका, माण्डबी र सरुमारानी गाउँपालिकामा अगुवा कार्यकर्ता भेटघाट गरेको नेकपा एमाले प्युठानका सचिब इन्द्रमणी पोख्रेलले जानकारी दिनुभयो।

Sarbottam

भेटघाट कार्यक्रमको अवसरमा फागुन २१ गते हुने निर्वाचनका बारेमा समेत छलफल भएको सचिब पोख्रेलले जानकारी दिनुभयो ।

२०७९ सालको निर्वाचनमा प्यूठानी जनताले ५ वर्षे कार्यकालका लागि जिम्मेवारी सुम्पे पनि ३३ महिनाको छोटो अवधिमै पुनः जनता माझ आएको  र आगामी योजना  बारे छलफल गरिएको एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्टले बताउनुभयो ।

२०७० सालदेखि एमालेले संघीय र प्रदेश सदनमा जिल्लाको प्रतिनिधित्व गर्दै प्रतिनिधिको अगुवाईमा भए गरेका काम बारे समिक्षा समेत गरिएको उहाँले जानकारी दिनुभयो ।

एमाले उम्मेदवार थापाले प्युठानका जनताले आफुलाई मत दिएर विजयी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले ३ वर्षको अवधीमा रोकिएको विकासको निरन्तरताको लागि आफ्नो जित आवश्यक रहेको बताउनुभयो ।

Worldlink
Loading...