
">भानुभक्त माध्यमिक विद्यालय मल्लरानी गाउँपालिका ३ बर्वोटको स्वर्ण महोत्सवबाट ७० लाख २० हजार ३ सय २३ रुपैया आम्दानी भएको छ ।
उक्त रकमवाट २९ लाख ८१ हजार ७ सय ३९ रुपैया स्वर्ण महोत्सवमा खर्च गरि ४० लाख ३८ हजार ५ सय ८४ रुपैया विद्यालयमा बचत रहेको प्रधानाध्यापक चक्रपाणी पौडेलले जानकारी दिनुभयो ।
सुक्रवार विद्यालयले सरस्वती पुजाको अवसर पारि महोत्सवको आम्दानी खर्च सार्वंजनिक गरेको थियो । सोहि कार्यक्रममा विभिन्न सहयोगदाता , विद्यालयका शिक्षक कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।
विद्यालयले मंसिर २९ गते देखी पुष २ गते सम्म ५० औं वर्ष पुरा भएको अवसरमा स्वर्ण महोत्सव मनाएको थियो ।
महोत्सवबाट बचेको रकमले विद्यालयको शैक्षिक विकासमा स्मार्ट वोर्ड, विद्यालयको सुरक्षाको लागी सिसि टिभि क्यामेरा , स्कुल बस संचालन , कक्षा ६ देखी ८ सम्मको अंग्रेजी माध्यमको शिक्षणलाई निरन्तरता , विज्ञ हरिष ओलिद्धारा अभिभावक शिक्षा कार्यक्रम संचालन गर्ने योजना रहेको प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिवलाल खत्रीले विद्यालयलाई नमुना शैक्षिक सस्थाको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनु भयो । मल्लरानी गाउँपालिकाका संस्थापक अध्यक्ष अमरध्वज राना प्रमुख अथिति रहनुभएको कार्यक्रममा गा्रमिण क्षेत्रमा रहेको विद्यालयलाई शैक्षिक भौतिक रुपमा सवल बनाउन महत्वपुर्ण योगदान गरेको भन्दै विद्यालयका प्रधानाध्यापक चक्रपाणी पौडेललाई अभिभावक हरुले सम्मान गरेका थिए ।

