malvika
Sarbottam

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

">

झिमरुक गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउने शिक्षक, विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । शुक्रवार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षक, विद्यार्थी र विद्यालयलाई सम्मान गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो ।

पालिकाभित्रका प्राथमिक, आधाभुत र माध्यमिक तहका कक्षा ५, ८, १० र १२ कक्षा सञ्चालन भएका उत्कृष्ट नतिजा ल्याउने बिद्यालय, प्रधानाध्यापक, शिक्षक र विद्यार्थीलाई नगद, प्रमाणपत्र, खादाले सम्मान गरिएको थियो ।
प्राथमिक बिद्यालय मध्ये कक्षा पाँचमा झिमरुक गाउँपालिका–३, स्थित बालज्योती नेपाल राष्ट्रिय आधारभुत बिद्यालय प्रथम, झिमरुक–१ स्थित अमर प्राथमिक बिद्यालय द्धितिय र झिमरुक–१ को जनचाहना प्राथमिक बिद्यालय तृतिय भएका छन् । प्रथम, द्धितिय र तृतिय हुने बिद्यालयलाई क्रमश १ लाख, ७५ हजार र ५० हजार रुपैया नगद पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै आधारभुत बिद्यालय तर्फ प्रथम भएको झिमरुक गाउँपालिका–८ स्थित ज्ञानज्योती आधारभुत बिद्यालयलाई १ लाख ५० हजार, द्धितिय भएको गाउँपालिका– ७ स्थित सिता माद्यामिक बिद्यालयलाई एक लाख रुपैया र तृतिय झिमरुक गाउँपालिका –४ स्थित भिमसेन आधारभुत बिद्यालयलाई ५० हजार रुपैया नगद सहित सम्मान गरिएको झिमरुक गाउँपालिकाले जनाएको छ ।

Sarbottam

कक्षा १० मा प्रथम झिमरुक गाउँपालिका–२ स्थित सर्वाेदय माध्यमिक बिद्यालय गडेरपानीलाई ३ लाख, द्धितिय झिमरुक–४ स्थित लक्ष्मी माध्यमिक बिद्यालय वांगेमरोटलाई १ लाख ५० हजार र तृतिय झिमरुक–३ स्थित प्रभात माध्यमिक बिद्यालय आहालखोलालाई १ लाख रुपैया पुरस्कार प्रदान गरिएको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमरराज सेजुवालले जानकारी दिनुभयो ।

कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यालयमा झिमरुक गाउँपालिका–२ स्थित सर्बाेदय माध्यमिक बिद्यालय गडेरपानीलाई नगद ३ लाख ५० हजार रुपैया सहित प्रमाणपत्र र खादाले सम्मान गरिएको छ ।
त्यस्तै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी अन्तरगत आधारभुत तह कक्षा पाँचतर्फ प्रथम बालशिक्षा माबीका स्वपनिल पोख्रेल, तृतिय बालज्योती नेरा आबिका विन्दु बिक र तृतिय नेरा माबीका करिश्मा जिसीलाई क्रमश ५ हजार ५ सय, ४ हजार र तीन हजार नगद सहित प्रमाणपत्र सहित पुरस्कर प्रदान गरिएको छ।

त्यस्तै आधारभुत तह कक्षा ८ सामुदायिक बिद्यालय तर्फ प्रथम दिपसन जिसी, द्धितिय यमुना ढकाल र अनुप ढकाललाई र संस्थागत बिद्यालय प्रथम आशिष केसी, द्धितिय शुसन्दिप जिसी र तृतिय सुजन रोकालाई क्रमश ६ हजार, ४ हजार ५ सय र ३ हजार ५ सय प्रमाणपत्र नगद सहित पुरस्कर प्रदान गरिएको छ।

यस्तै माध्यमिक तह कक्षा १० सामुदायिक बिद्यालय तर्फ प्रथम सुमन महतरा र सुजल जिसी, द्धितिय करुणा भण्डारी, तृतिय सुवास जिसीलाई क्रमश ६ हजार ५ सय, ५ हजार र ४ हजार नगद प्रमाणपत्र सहित पुरस्कर प्रदान गरिएको छ।
यस्तै माध्यमिक तह कक्षा १२ सामुदायिक बिद्यालय तर्फ प्रथम विपिन थापा, द्धितिय कल्पना महतरा क्षेत्री र तृतिय प्रशंसा महतरालाई क्रमश ७ हजार, ६ हजार र ५ हजार नगद, प्रमाणपत्र सहित पुरस्कर प्रदान गरिएको छ।
सामुदायिक बिद्यालयको आधारभुत तह कक्षा ५ मा प्रधानाध्यापक तर्फ प्रथम हुने बालज्योति नेरा आबिका प्रधानाध्यापक शंकर बहादुर बस्नेतलाई १२ हजार नगद प्रमाणपत्र सहित पुरस्कर प्रदान गरिएको छ।

विषयगत शिक्षक अन्तरगत नेपाली शिक्षिका लक्ष्मी भण्डारी, गणित शिक्षक सर्वजित कार्की, अङ्ग्रेजी शिक्षक शंकर बहादुर बस्नेत, बिज्ञान शिक्षिका रबिना बिक, स्थानीय विषय शिक्षिका शर्मिला केसी, सामाजिक अध्ययन तथा मानव मूल्य विषय शिक्षक ईश्वरा अर्याल, स्वास्थ्य तथा शारीरिक शिक्षा शिक्षक चेतमान जिसीलाई नगद १० हजार सहित प्रमाणपत्रले सम्मान गरिएको पालिकाले जनाएको छ।

आधारभुत तह कक्षा ८ मा प्रधानाध्यापक तर्फ प्रथम कमल जिसी र दिपेन्द्र जिसीलाई १२ हजार नगद प्रमाणपत्र सहित पुरस्कर प्रदान गरिएको छ। भने, विषयगत शिक्षक नेपाली शिक्षिका बिन्दा ढुङ्गाना, गणित शिक्षक रामचन्द्र योगी, अङ्ग्रेजी शिक्षक कमल बहादुर केसी, बिज्ञान शिक्षक संदिप जिसी, सामाजिक शिक्षक कमल गिरी, स्वास्थ्य शिक्षक सावित्रा जिसी र सिद्दिमान खड्का, र कम्प्युटर शिक्षक चेत बहादुर घर्तीमगरलाई नगद १० हजार सहित प्रमाणपत्रले सम्मान गरिएको पालिकाका शिक्षा शाखा प्रमुख पुष्प रानाले बताए । स्वास्थ्य शिक्षक सावित्रा जिसी र सिद्दिमान खड्कालाई ५, ५ हजार नगद र प्रमाणपत्र हस्तान्तरण गरिएको छ।

माध्यमिक तह कक्षा १० मा प्रधानाध्यापक तर्फ प्रथम हुने लाल बहादुर एमसी र पदम बहादुर केसीलाई १२ हजार नगद प्रमाणपत्र सहित पुरस्कर प्रदान गरिएको छ। भने विषयगत शिक्षकहरुतर्फ नेपाली शिक्षिक शिव बहादुर महतरा, गणित शिक्षक बसन्त बहादुर जिसी, अङ्ग्रेजी शिक्षक रामचन्द्र बस्नेत, बिज्ञान शिक्षक राजेश बस्नेत, सामाजिक शिक्षक हरि जिसी,े. गणित शिक्षक सुर्य बहादुर महतरा र कृषि शिक्षक देबेन्द्र बहादुर केसीलाई नगद १० हजार सहित प्रमाणपत्रले सम्मान गरिएको पालिकाले जनाएको छ।
माध्यमिक तह कक्षा १२ मा प्रधानाध्यापक तर्फ प्रथम लाल बहादुर एमसीलाई १२ हजार नगद प्रमाणपत्र सहित पुरस्कर प्रदान गरिएको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०२÷०३ को लागि स्वीकृत कार्यक्रम अन्तर्गत १८ लाख ६८ हजार ३ सय ३० रुपैयाँ बराबरको शिक्षा पुरस्कार रकम बिनियोजन गरेर हस्तान्तरण गरेको हो ।
झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, विभिन्न बिद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिती रहेको थियो ।

Worldlink
Loading...