
">धर्मावति मावि लमछ्याङ माझ्कोटले ७१ ओै वार्षिक उत्सव तथा अविभावक दिवस मनाईएको छ । शनिवार दिवसका अवसरमा विद्यार्थी तथा शिक्षकलाई सम्मान गरिएको हो ।
२०८१ सालको एस. ई. ई परिक्षा र कक्षा ५ र ८ मा उत्कृष्ट नतिजा ल्याउने विषय शिक्षक, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी हरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा विभिन्न अक्षकोष स्थापना दाताबाट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

विद्यालयको वार्षिक प्रतिवेदन सुनाउदै प्रधानाध्यापक पुस्पलाल पुन ले विद्यालयमा स्थायी दरबन्दी कम हुदा पठनपाठनमा समस्या भएको बताउनु भएको छ। कक्ताहरुले विद्यालयलाई उचाईमा पुराउन सवै जिम्मेवार बन्नु पर्ने कुरामा जोड दिएका छन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव पुनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष नरेन्द्र पुन रहनुभएको थियो ।
२०११ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १० सम्म पढाई हुँदै आएको छ । विद्यालयमा ४५५ जा विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन ।

