
">परपुरुष संगको अवैध संवन्धको बारेमा थाहा पाएपछी श्रीमतीको हत्याको आरोपमा श्रीमान र देवर पक्राउ परेका छन ।
गौमुखी गाउँपालिका ६ लिवाङ निवासी अनिल घर्ति र जनक घर्तिलाई शनिवार विहान घरवाट पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख नरहरी अधिकारीले जानकारी दिनुभयो ।
१९ वर्षिय सर्मिला घर्तिमगर घरदेखी ४ किलोमिटर कालिमाटी जंगलमा मृत फेला परेकी थिईन । घटना बारे थाहा पाउनासाथ जिल्ला प्रहरी घटना स्थलमा पुगी अनुसन्धान गर्दा हत्याको आरोपमा मृतक सर्मिलाका देवर जनक घर्ति र श्रीमान अनिल घर्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धानमा लिएको छ ।
श्रीमान श्रीमती विच मनमुटाव भै झगडा हुन सक्ने प्रहरीले जनाएको छ । सर्मिलालाई श्रीमान देवरले शुक्रवार राती १० बजेको समयमा घुम्न जाने बाहानामा घर देखी टाढा गोत्रेचौर जंगलमा लगेका थिए । उक्त जंगलमा रहेको फलामको रेलिङमा टाउको ठोकाएर व्यहोस पारी कालिमाटी भिरवाट सर्मिलालाई फालिदिएको प्रहरीले जनाएको छ ।

घटना स्थलमा मृतकको चप्पल भेटिएको थियो । मृतकका श्रीमान र देवरलाई ५ दिनको अनुसन्धानका लागी समय थप गरि राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
