malvika
ma laxmi dental

प्यूठानमा माघ २५ गतेदेखी एच.पि.भि खोप दिईने

">

प्यूठानमा एच.पि.भि खोप दिइने भएको छ । महिलाको पाठेघरको मुखको क्यान्सर विरुद्ध दिईने दोस्रो वर्षको उक्त खोप यहि माघ २५ गते देखी संचालन गरिने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

">

यो खोप विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्राहरु, विद्यालय नजाने १० वर्षका किशोरीहरु र गत वर्ष छुटेका कक्षा ७ देखी १० कक्षाका छात्राहरुलाई दिइन्छ ।
विद्यालय नजाने समुदायको हकमा ११ देखी १४ वर्ष उमेरका किशोरीहरुलाई समेत खोप दिइने भएको छ ।

गत वर्ष छुटेकाहरुलाई पनि यस वर्ष खोप दिईने स्वास्थ्य कार्यलय प्यूठानका वरिष्ठ खोप अधिकृत मधुसुधन खड्काले जानकारी दिनुभयो ।
ह्युमन प्यापीलोमा भाइरसले हुने यो रोगका कारण विश्वमा प्रत्यक वर्ष ५ लाख महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको अनुमान गरिएको छ । नेपालमा हरेक वर्ष २१६९ जना महिलालाई पाठेघरको क्यान्सर हुने गरेको अनुमान छ ।
प्यूठानमा गत वर्ष १३ हजार ५ सय ३ जनालाई दिइने लक्ष्य रहेको रहेको थियो । त्यस मध्य १३ हजार १ सय ९ जनामा यो खोप दिएको थियो । जुन ९७ प्रतिशत रहेको छ ।

गत वर्ष फागुनमा संचालन गरिएको खोप यस वर्ष प्रतिनिधी सभा निर्वाचन हुने भएकाले माघ महिनामै सक्नेगरी लागीएको छ ।
यस वर्ष जिल्लामा नियमित तर्फ २ हजार ९ सय १२ जनालाई खोप दिईने भएको छ । यो खोप विद्यालय र स्वास्थ्य संस्थावाट प्रदान गरिने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

यो रोग निवारणको लागी १० देखी १४ वर्ष उमेर समुहका किशोरीलाई रोग विरुद्धको खोप दिने , ३० देखी ४९ वर्ष उमेरका महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परिक्षण गर्ने र पाठेघरको मुखको क्यान्सर निदान भएका महिलाहरुको उपचार गर्ने बताइएको छ ।

Sarbottam
Loading...