
">अभिनेता सुनिल थापालाई कलाकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको पार्थिव शरिरलाई आइतबार दिउँसो चलचित्र विकास बोर्डमा राखिएको थियो ।
विभिन्न चलचित्रकर्मी, संगीतकर्मी र शुभेच्छुकले थापाको शवमा पुष्पगुच्छा चढाउँदै श्रद्धाभाव व्यक्त गरेका छन।
राते काईला उपनामले चिनिने सुनील थापा एक प्रख्यात अनुभवी अभिनेता थिए । नेपाली र भारतीय सिनेमामा खलनायकको भूमिकाहरूलाई परिभाषित गरेका थापाको ६८ वर्षको उमेरमा निधन भएको हो ।
चिनो चलचित्रमा राते काईलाको नामवाट चर्चियका थापा हालसालै प्रेम गीत ३ सहित नेपाली र भारती गरि ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।
हृदयघातका कारण मृत्यु भएका अभिनेता थापाको सवलाई आजै पशुपति आर्यघाटमा लगी अन्त्येष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ ।

