malvika
ma laxmi dental

ऐरावतिमा सुर्य थापा पुग्दा मतदाताहरु योजना माग गर्दै उत्साहित बने

">

ऐरावती गाउँपालिकाका विभिन्न ठाउमा प्रतिनिधि सभा सदस्य  उम्मेदवार सुर्य थापा पुग्दा स्थानियहरु उत्साहित बनेका छन ।

">

नेकपा एमालेको चुनाब लक्षीत कार्यक्रममा शुक्रबार जाबुनेका स्थानियहरुले उत्साहका साथ  जिल्लाकै परिचित जाबुने दह पोखरीलाई ब्यबस्थित गर्न उम्मेदवार सुर्य थापा समक्ष माग गरेका छन ।
वडा न. १ माझखन्ड , छेडाघाट र बङसारीका स्थानियहरु अर्घाखाँची सङ्ग जोड्ने पुलको माग गर्दै नेता थापालाई  गाउमै भेट्दा खुशी व्यक्त गरेका छन ।
कोलबोटका  स्थानियले हालसम्म कोहि पनि नेता , जनप्रतिनिधी तथा उम्मेदवार गाउँमा  नआएको र उम्मेदवार थापालाई देख्दा खुसी व्यक्त गरेका हुन ।

नेकपा एमाले प्युठानबाट  प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुर्य थापाको चुनाब केन्द्रित जनभेटघाट कार्यक्रम दोस्रो दिन  शुक्रबार पनि ऐरावतीमै चलेको थियो  ।

थापाले जनताका मागलाई यथोचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

पालिकाको ३ नम्बर वडा  अधेरी , दारिमपाटा , चुत्रेनी छेडा, जाबुने ,तालपोखरा  हुदै  वडा नम्बर १ लामिदमार , माजखन्ड , कोलबोटमा स्थानिय संग एमाले  उम्मेदवार  सुर्य थापा र समानुपातिक उम्मेद्वार एन्जिला थापा लक्ष्मीले जनभेटघाट कार्यक्रम सम्पन्न गरेको एमाले प्युठानले जनाएको छ ।

कार्यक्रममा नेकपा  एमाले ऐरावतीका अध्यक्ष टीका बहादुर गुरुङ , नेकपा एमाले लुम्बिनी प्रदेस सल्लाहकार कमिटी सदस्य सुरेस थापा ,अनेरास्ववियुका प्युठान जिल्ला ईन्चार्ज टेकराज केसी, लगायत नेता तथा कार्यकर्ता अभियानमा जोडिएका थिए ।

Sarbottam
Loading...