
">गौमुखी गाउपालिका ७ नारिकोटमा जित बहादुर सुनारको नेतृत्वमा ७ जना स्थानीय विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन ।
मङलबार एमाले उम्मेदवार सुर्य थापा चुनाबी प्रचार प्रसारका क्रममा नारिकोट पुग्नुभएको थियो ।
पिपलरुख स्थानमा आयोजना गरिएको एक कार्यक्रममा शोभा सुनार, वीर बहादुर कुवर ,जबुना सुनार , कृष्ण बहादुर सामत , सान्ता मगर, रोम बहादुर बिक नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमोर्चा परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले गौमुखिका अध्यक्ष जुमानसिङ जिसीले जानकारी दिनुभयो ।

