malvika
Worldlink

पास्नीको अवसरमा बिमा पोलिसि उपहार हस्तान्तरण

प्युठान नगरपालिका–०१ धाइरेचौर निवासी वृद्ध मदन कुमार थापा क्षेत्री  (जि सी ) र  हुमि कुमारी थापा क्षेत्री (जि सी ) ले आफ्नो नाति शुलभ थापा क्षेत्री (जि सी ) को  पास्नी (अन्नप्राशन) को शुभ अवसरमा रु २० लाख बराबरको जीवन बिमा पोलिसी उपहार दिनुभएको छ।

mallika

उक्त बिमा पोलिसी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स मार्फत प्रदान गरिएको हो। कार्यक्रममा परिवारका सदस्य, आफन्त तथा शुभेच्छुकहरूको उपस्थितिमा बालकको उज्ज्वल भविष्य र सुरक्षित जीवनको कामनासहित बिमा पोलिसी हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बोल्दै अभिभावकहरूले सानै उमेरदेखि नै भविष्य सुरक्षित गर्ने उद्देश्यले बिमा पोलिसी उपहार दिएको बताउनुभयो।

riyan

उहाँहरूले शिक्षा, स्वास्थ्य तथा दीर्घकालीन आर्थिक सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस्तो अभ्यासले बचत तथा सुरक्षा संस्कार विकासमा सकारात्मक योगदान पुर्‍याउने धारणा राख्नुभयो।
परिवारका सदस्यहरूले पनि बालकको सुखद, सुरक्षित र सफल भविष्यको कामना गर्दै यस कार्यलाई अनुकरणीय कदमका रूपमा प्रशंसा गरेका थिए।

Marvel
Marvel
Loading...