malvika
ma laxmi dental

प्यूठानमा छिट्टै डाईलासीस सेवा संचालन गर्न सरोकारवालाहरुको जोड

">

मुनाल पोष्ट,
प्यूठान अस्पतालमा छिटै डाईलासिस सेवा संचालन गर्न सरोकारवालाहरुले जोड दिएका छन ।
बुधवार प्यूठान अस्पतालले आयोजना गरेको एक  सर्वपक्षीय छलफल कार्यक्रममा जिल्ला स्थित स्थानिय तहहरुका प्रमुख तथा सरोकारवालाहरुले डाईलासिस सेवालाई छिटै संचालन गर्ने कुरामा जोड दिएका हुन ।
प्यूठान जिल्लामा मृगौलाका दिर्घ रोगिहरुलाई मृगौला प्रत्यारोपण भन्दा अघिल्लो अवस्थालाई व्यवस्थापन गर्ने गरि हेमोडाईलासिस सेवा संचालन गर्न लागीएको छ ।

">

उक्त सेवा संचालनको लागी इमर्जेन्सी वेड सहित ६ वटा वेड निर्माण भईसकेका छन । तत्काल एक सिप्टमा सेवा संचान गर्ने र विस्तारै तिन सिप्टमा हेमोडाइलासिस सेवा संचालन गर्नेगरि आफु लागी परेको प्यूठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुवास पौडेलले जानकारी दिनुभयो । पौडेलले छिटै सेवा सुचारु गर्न सवै सरोकारवालाहरुको महत्वपुर्ण सहयोग रहन आवस्यक रहेको बताउनु भयो ।

जिल्लाका स्थानिय तहहरुले दिएको तथ्यांक अनुसार हाल प्यूठान जिल्लाभरवाट ८६ जना मृगौलाका विरामीहरुले जिल्ला बाहिर पुगेर डाइलासिस गराएका छन । जिल्लामै उक्त सेवा संचालन भएपछी नगरिकहरुलाई सहज मिल्ने विश्वास लिइएको छ । प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय विराज विष्टको अध्यक्षतामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी प्रमुख अथिति रहनुभएको थियो ।

होटल आयुष्मा जुम्रीमा गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सान्तीरज प्रसाई , प्यूठान जिल्लाका प्रहरी प्रमुख डि.एस.पी नरहरी अधिकारी , मान्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी, झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर एम.सी, मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का , स्वर्गद्धारी नगरपालिकाका मेयर टेक प्रसाद भण्डारी, गौमुखी गाउँपालिका बाट प्रतिनिधी कार्यपालिका सदस्य बोम बहादुर सुनार, लायन्स क्लव प्यूठानका अध्यक्ष नविन कुमार श्रेष्ठ, उद्योग बाणिज्य संघ प्यूठानका महासचिव झविन्द्र शर्मा, प्यूठान नगरपालिकाका पुर्व मेयर अर्जुन कुमार कक्षपती , सरुमारानी गाउँपालिका बाट प्रतिनिधी स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझी, प्यूठान अस्पताल विकास समितिका सदस्य राधिका खड्का, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, नागरिक समाज, पत्रकार लगायतको उपस्थित रहेको थियो ।

प्यूठान अस्पतालका बरिष्ठ नर्सिङ अधिकृत चित्रा खनालले संचालन गर्नुभएको कार्यक्रममा मानसिक रोग विशेषज्ञ डाक्टर आभास योगीले स्वागत मन्तव्य राख्नुभएको थियो । डाइलासिस सेवा संचालनका विषयमा फिजिसियन डाक्टर सुनिल ज्ञवालीले जानकारी गराउनुभएको थियो ।

Sarbottam
Loading...