malvika
ma laxmi dental

स्वास्थ्य कार्यालय प्यूठान सम्मानित

">

मुनाल पोष्ट,
स्वास्थ्य कार्यालय प्यूठान सम्मानित भएको छ । शनिवार स्वास्थ्य मन्त्रालय लुम्विनी प्रदेशले आयोजना गरेको एक कार्यक्रममा स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेश बावु श्रेष्ठ र नसर्ने रोग फोकल पर्सन पुष्कल श्रेष्ठ प्रशंसा प्रत्र सहित सम्मानित हुनुभएको हो ।

">

लुम्विनी प्रदेशले नसर्ने रोगहरुको खोजपड्ताल अभियान १२ वटै जिल्लामा संचालन गरेको थियो । स्वास्थ्य कार्यालय प्यूठानले ११६.२३ प्रतिशत लक्ष्य अनुरुप शत प्रतिसत प्रगति गरेको भन्दै सम्मान पाएको हो । स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेश बावु श्रेष्ठले लुम्विनी प्रदेशले गरेको यो सम्मानले जिल्लामा स्वास्थ्यको क्षेत्रमा थप उर्जाका साथ काम गर्ने प्रेरणा मिलेको बताउनु भयो ।

श्रेष्ठले जिल्लाका ९ वटै स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख तथा सम्पुर्ण कर्मचारीहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ । प्यूठान संगै अर्घाखाची र पाल्पा जिल्ला समेत सम्मानित भएका हुन ।

Sarbottam
Loading...