
">मुनाल पोष्ट
मल्लरानी गाउँपालिका ३ मा वडा स्तरिय दलित सञ्जाल गठन भएको छ। सञ्जालको अध्यक्ष विष्णु वि.क, उपाध्यक्ष सोम बहादुर सार्की, सचिव विष्णा नेपाली ,सहसचिव शिवा दमै,कोषाध्यक्ष शुनिता नेपाली र सदस्यहरु मिनराज परियार ,गिर बहादुर नेपाली , तिल बहादुर नेपाली ,श्याम बहादुर विक ,सावित्रा नेपाली र वाले कामी रहनुभएको छ ।
सोमबार वडा कार्यालय निसानटाकुरामा आयोजना गरिएको दलित समुदायका ब्यक्तिहरुलाई अभिमुखिकरण कार्यक्रमका अवसरमा ११ सदस्यीय समिति गठन गरिएको हो ।
वडामा पहिलो पटक कार्यविधि बनाएर सञ्जाल गठन गरिएको मल्लरानी गाउँपालिका ३ का वडाध्यक्ष नोमराज पौडेलले जानकारी दिनुभयो ।

