malvika
Sarbottam

ऐरावतीमा  सार्वजनिक  सुनुवाई सम्पन्न

">

मुनाल पोष्ट,
ऐरावती गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२।०८३ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । विहीबार ऐरावती गाउँपालिका–४ धुवाङ स्थित पदमोदय माध्यमिक विद्यालयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शदर गौतमले दोश्रो चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षको हालसम्म ३९ दशमलव २३ प्रतिशत वित्तिय प्रगति भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा पूर्व प्रतिवेदनमा उठेका सवाल र खुल्ला छलफलमा उठेका सवालको जवाफदेहि वक्ताहरुले जवाफ दिएका थिए । सार्वजनिक सुनुवाईमा शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई, पूर्वाधार, खानेपानी योजना लगायत विषयमा सहभागीले प्रश्न गरेका थिए ।

Sarbottam

सहभागीले उठाएका सवालको गाउँपालिका अध्यक्ष नविल विक्रम शाह, प्रमुख प्रशासकीय अधिकृत शरद रेग्मी, शिक्षा, खेलकुद तथा युवा शाखा प्रमुख यम प्रसाद पाण्डे, कृषि शाखा प्रमुख सरोज घर्तिले जवाफ दिनुभएको थियो ।
मल्लरानी मिडिया प्रालिले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन सुजल श्रेष्ठले गर्नुभएको थियो । गाउँपालिकाले यसअघि पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गाउँपालिकाको सभाहलमा गरेको थियो ।

Worldlink
Loading...