
मुनाल पोष्ट
पाल्पाको बगनासकाली गाउँपालिका २ निवासी २९ वर्षिय गिता पाण्डेको वुटवलमा गर्भ पतन गराउने क्रममा मृत्यु भएको छ । करिव १२ हप्ताको गर्भ पतन गराउने उदेश्ले बैशाख ५ गते दोस्रोपटक गिता श्रीमान प्रकाश पाण्डेसंग वुटवल पुगेकी थिईन ।

वुटवल स्थित खत्री नर्सिङ होममा उनको उपचार सुरु गरिएको थियो । त्यहावाट लोकेसन म्याप दिएर उनलाई अस्पताल लाईन स्थित जोनल फार्मेसी क्लिनिकमा पठाईयो । त्यहा १६ हजार रुपैया खर्च लाग्ने भन्दै २ हजारको औसधी समेत दिईयो । औसधी सेवनपछि गिताको गर्भपतन गराउने प्रक्रिया सफल भएन । उनलाइ पुन क्लिनिकमा वोलाइयो । कुनै फाराम नभराई २ घण्टा आराम गर्न लगाइयो । त्यसपछी गितालाई पछाडिको बाटो हुदै इन्दुलेखा क्लिनिकमा लगीयो ।

त्यहा डाक्टरले जाँच गरिसकेपछी गीतालाई भित्र लगियो । तर भित्र लगेर केके गरियो भन्ने विषयमा आफुलाई जानकारी नदिएको श्रीमान प्रकास पाण्डेले बताउनु भयो ।
गिता व्यहोस भएपछी हतार हतार उनलाई लुम्वीनी सिटी अस्पताल पुराईन्छ । अस्पताल पुग्नासाथ डाक्टरले गितालाई मृत घोषणा गरिदिए । उपचारको नममा हत्या भएको भन्दै श्रमतीको मृत्यु बारे प्रकाशले आर्थिक लाभका लागी मिलेमतोमा श्रीमतीको भु्रण तुहाउने काम भएको आरोप लगाउनुभएको छ । उपचार सम्वन्धी कागजातसमेत क्लिनिकले लुकाएको प्रकासको भनाई छ ।
मृतकका श्रीमान प्रकाश पाण्डेले नर्सिङ होम सहित क्लिनिकका संचालक विरुद्ध जाहेरी दिनुभएको छ । गिताको सव लुम्वीनी प्रादेशिक अस्पतालमा वुटवलमा राखिएको छ । आफन्तले चिकित्सकको कार्वाहीको माग गर्दै आन्दोलनमा उत्रीएका छन । आमृतक पाण्डे नेपाल रेडक्रस सोसाइटि भैरहवा साखामा कार्यरत थिईन । मृतकका श्रीमान बगनासकाली गाउँपालिका पाल्पाका प्रमुख प्रसासकिय अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।
