malvika
Worldlink

मल्लरानी गाउँपालिकाले गर्यो बोमबहादुर परियारको नेतृत्वमा दलित सञ्जाल गठन

मुनाल पोष्ट
मल्लरानी गाउँपालिकाले बोमबहादुर परियारको नेतृत्वमा दलित सञ्जाल गठन गरेको छ । विहिवार सदरमुकाम खलंगा स्थित जिल्ला समन्वय समितिको सभाहलमा गरिएको एक कार्यक्रममा बोम बहादुर परियारको नतृत्वमा १५ जनाको पालिका स्तरीय दलित सन्जाल गठन गरेको हो ।

जसको उपाध्यक्ष सुस्मा परियार, सचिव पिङकी सुनार ,सहसचिव गिर बहादुर विक, कोषाध्यक्ष निर्मला नेपाली , सदस्यहरु लाल बहादुर नेपाली, अम्विका सुनार, विष्णु विक ,दिपक परियार, रण बहादुर कामी, सवित्रा विक, विष्ण बहादुर नेपाली, विष्णु परियार, अम्विका विक र संगिता नेपाली चयन हुनभएको छ ।५ वटा वडाहरु रहेको मल्लरानी गाउँपालिकामा सवै वडाहरुमा दलित सञ्जाल गठन सम्पन्न भएको र आज पालिका स्तरीय सञ्जान गठन गरिएको महिला तथा बालबालिका ज्येष्ठ नागरिक साखा प्रमुख रेवती न्यौपानेले जानकारी दिनुभयो ।

riyan
mallika

कार्यक्रममा बोल्दै मल्लरानी गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत विजय पौडेलले नाम र थर बदल्दैमा जातिय विभेद अन्त्य नहुने बताउनुभयो । सञ्जालको काम कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिदै पौडेलले दलितको सेवा र सुबिधामा पहुच बढाउन पालिकामा दलित सञ्जाल गठन गरिको बताउनु भयो ।

मल्लरानी गाउँपालिका योजना साखाका प्रशासकिय अधिकृत पुनाराम शर्माले मल्लरानी गाउँपालिकालाई छुवाछुत मुक्त पालिका घोषण गर्न दलित सञ्जाले उठाएका विषयहरुलाई आधार मान्दै रणनितीक योजना बनाउने बताउनु भयो ।

त्यस्तै नवगठित दलित सञ्जालका अध्यक्ष बोम बहादुर परियारले जातिय भेदभाव ,छुवाछुत अन्त्य र दलित समुदायको सिप अभिवृद्धिमा दलित सञ्जालका माध्यमबाट महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षतामा गरिएको कार्यक्रमको संचालन रेवती न्यौपानेले गर्नुभएको थियो ।

Marvel
Marvel
Loading...