
मुनाल पोष्ट
रोल्पामा घरभित्र पसेको भन्दै बालक कुटपिट गर्ने आरोपित भिम बहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । सोमवार पिडित परिवारले जाहेरी दिएपछी खत्रीलाई पक्राउ गरिएको हो ।

घटनामा संलग्न बाकि दोसीहरुको अनुसन्धान भैरहेको र कानुन अनुसारको कार्बाही अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । वैशाख ११ गते साँझ गंंगादेव गाउँपालिका ५ फुलवासका भिम बहादुर खत्रीले स्थानिय बालक खगेन्द्र विक आफ्नो घरभित्र प्रबेश गरेको भन्दै आक्रमण गरेको घटना बहिरीएको थियो ।

बालकलाई निर्घात कुटपिट गरेको कुरा गाउलेहरुले थाहा पाएपछी घटनावारे वुझ्न जादा त्रिपक्षीय झडव भएको भएको हो । बडा अध्यक्ष अमृत बहादुर वुढामगरले बालकलाई कुटपिट गर्ने कुरा निन्दनीय रहेको बताउनु भयो । झडपमा परि स्थानिय गोपाल विकको समेत टाउकोमा चोट लागेको थियो । बालक खगेन्द्र विकलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । पिडित परिवारले दोसीलाई कडा कार्वाहिको माग गरेका छन ।
