
मुनाल पोष्ट
प्यूठानमा पसलहरुको मूल्य सुची अनुगमन गरिएको छ । सरकारले बैसाख २८ देखी जेठ ३ गते सम्म मनाउन थालेको मुल्य सुचि पारदर्शीता सप्ताहको अवसरमा विहिवार विजुवार र बाग्दुलाका पसलहरुमा मुल्य सुची भए नभएको अुनुगमन गरिएको हो ।
खाद्यान्न किराना तथा फलफुल लगायतका पसलहरुमा हेडिङ बोर्ड, मूल्य सुची अनिवार्य रुपमा टास्न जिल्ला प्रसासन कार्यालय प्यूठानका प्रसासकीय अधिकृत कृष्ण बहादुर थापाले आग्रह गर्नुभएको छ । उहाले आगामी दिनमा उक्त अनुगमन अझ कडाईका साथ लागु गरिले बताउनु भयो ।



नागरिकले उपभोग तथा प्रयोग गर्ने बस्तुको मुल्य सहजै थाहा पाउने उनिहरुको अधिकार रहेको घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका सुचना अधिकारी चम्पक श्रेष्ठले बताउनु भएको छ ।अनुगमन कार्यक्रममा प्राय फलफुल व्यापारीहरुले दैनिक बस्तुको मुल्य घटवढ हुदा मूल्यसुचीमा समस्या आएको गुनासो गरेको छन ।

जिल्ला प्रसासन कार्यालय प्यूठानको नेतृत्वमा गरिएको अनुगमन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय प्यूठान , प्यूठान उद्योग वाणिज्य संघ प्यूठान, नेपाल प्रहरी पत्रकार लगायत सहभागी रहेका थिए ।
