
मुनाल पोष्ट
प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र खलंगाले नव नियुक्त अस्पताल विकास समिति अध्यक्षलाई स्वागत गरेको छ । मल्लरानी गाउँपालिका ३ निवासी रमेश विश्वकर्मालाई विहिवार एक कार्यक्रमको आयोजना गरि कार्यालयमा स्वागत गरिएको निमित्त कार्यालय प्रमुख टुक बहादुर रोकाले जानकारी दिनुभयो ।

पदभार लिदै नव नियुक्त अध्यक्ष विश्वकर्माले आयुर्वेद क्षेत्रको विकास र विस्तार गर्नको लागी सवै सरोकारवालाहरुको समन्वयमा आफु लाग्ने बताउनुभयो । उहाले निरोगी नेपालको परिकल्पनालाई पुरा गर्न प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रले महत्वपुर्ण भुमिका खेल्ने समेत बताउनुभयो ।

विश्वकर्मालाई लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयले बैसाख ३० गते आयुर्वेद स्वास्थ्य केन्द्र प्यूठानको अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गरेको थियो ।
