
मुनाल पोष्ट,
मल्लरानी गाउँपालिका ३ मा अवस्थित पर्यटकिय क्षेत्र वुकिडाडामा अन्तरक्रिया तथा पर्यटकिय क्षेत्र प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय आन्तरीक पर्यटकहरुको रोजाइमा पर्दै आएको वुकिडाडालाई पर्यटन प्रवर्धनमा जोड दिने उदेश्यले शुक्रवार गणतन्त्र दिवसको अवसरमा जिल्लाका पत्रकार लगायत स्थानिय बासीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले मल्लरानी, वुकिडाडा र थाम क्षेत्रलाई पर्यटन प्रवर्धन गर्नेगरि होमस्टे संचालन गर्न जोड दिने बताउनु भयो ।



त्यस्तै मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले वुकिडाडा क्षेत्रलाई विकास गर्न प्रत्यक वर्ष निति तथा कार्यक्रम बनाईएको बताउनु भयो ।

वडाध्यक्ष नोमराज पौडेलले वुकिडाडाको विकासमा वुकेनीबासीहरु एकजुट हुन आवस्यक रहेको वताउनु भयो । जनजागरण सिकाई केन्द्रका अध्यक्ष लेखनाथ पौडेलले वुकिडाडा पुगेपछि स्वर्गानुभुति महसुस भएको बताउनु भयो ।

मल्लरानी गाउँपालिका ३ का वडा सचिव विशाल पंगेनीले संचालन गर्नुभएको कार्यक्रममा कार्यपालिका सदस्य सुमित्रा विकले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा एक सय भन्दा वढी सहभागी थिए ।

