malvika
Worldlink

राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा वराईली चयन

मुनाल पोष्ट,

राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा चयन हुनुभएको छ । जेठ १८ र १९ गते दुई दिन चन्द्रागीरी नगरपालिका वडा ३ थानकोट काठमाडौमा सम्पन्न महाधिवेशनले वराईलीको नेतृत्वमा नया कार्यसमिति चयन गरेको हो ।

riyan
mallika

वरिष्ठ उपाध्यक्ष लक्ष्मण दर्नाल, उपाध्यक्ष सावित्री रसाइली, मानसिंह बिक ,सुशील दर्नाल , नरभूपाल बिक, बिनोद परियार, भोला पासवान , टेकेन्द्र बिश्वकर्मा, प्रेमबहादुर बिक ,भिम बहादुर बिक,सरिता बराइली महासचिव करण ताम्राकार , सचिव राजेश कुमार पासवान , बसन्त विश्वकर्मा, चिन्ता परियार , बसन्त बिश्वकर्मा, कोषध्यक्ष सञ्जय सौगात , सदस्यहरु हिरा परियार, कर्णबहादुर बिक ,गणेश बिक, कुशल दलामी, अमिर रामदाम, मनिस बिक, अम्बिका परियार, अर्चना परियार, सुवास राम, मिना बिश्वकर्मा, राजेश सुनाम, प्रकाश परियार, सञ्जु देवी परियार , पिवि दियाली रहनुभएको छ ।

लोकतन्त्रको मुलआधार , बिभेदमुक्त समाज , प्रेस स्वतन्त्रता र समाबेशी पत्रकारिता हाम्रो आवाज भन्ने नाराका साथ जेठ १८ गते राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष विनोद पाहाडिको अध्यक्षतामा गरिएको उद्घाटन कार्यक्रमको प्रमुख अथिति पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी रहनुभएको थियो ।

Marvel
Marvel
Loading...