malvika
Worldlink

झिमरुक ६ मा दलित सशक्तिकरण तालिम सम्पन्न

मुनाल पोष्ट,
प्यूठानको झिमरुक गाउँपालिकाको ६ नम्वर वडामा दलित जातीहरुका लागी सशक्तिकरण तालिम सम्पन्न भएको छ । मंगलबार वडा कार्यालयले आयोजना गरेको लक्षित वर्गको एकदिने तालिममा दलित समुदायको अधिकारका र जातीय भेदभाबका विषयमा जानकारी गराईएको हो ।

mallika

कार्यक्रमको सहजिकरण गर्दै दलित अभियान्ता बोम बहादुर परियारले कानुनले बन्चीत गरेकोे जातीय विभेदलाई हटाउन गैर दलित समुदायलाई संबैधानिक र कानुनी प्रशिक्षण आवस्यक रहेको बताउनु भएको छ । त्यस्तै झिमरुक गाउँपालिका ६ का वडाध्यक्ष धन बहादुर पुनले दलितको मुद्धा कुनै एक समुदायको मात्र नभई सिंगो समाजको मुद्धा रहेको बताउनु भएको छ । वडाध्यक्ष पुनले राज्यबाटै दलितका मुद्धालाई सम्वोधन गर्न नसकिएको र दलित सशक्तीकरणको लागी वडामा आफु बलियो ढंगले लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

makre

कार्यक्रमका सहभागीहरुले समाजमा जातीय विभेदबारे नितिगत व्यवस्था नवुझ्नाले पनि विभेद भोग्नुपरेको बताएका छन । दलित समुदायका ४० भन्दा बढी सहभागी रहेको कार्यक्रमको संचालन प्राविधिक बासुदेव गिरीले गर्नूभएको थियो ।

Marvel
Marvel
Loading...