malvika
Sarbottam

लायन्स क्लवद्धारा स्वर्गद्धारी आश्रममा निशुल्क स्वास्थ्य परिक्षण

">

स्वर्गद्धारी आश्रमका गुरु विद्यार्थी तथा गौमाताको स्वास्थ्य परिक्षण गरिएको छ ।
नेपालकै सात धाम मध्य एक धाम रहेको स्वर्गद्धारीमा सनिवार लायन्स क्लव अफ प्यूठान हरिओम र स्वर्गद्धारीको आयोजनामा आश्रमका ७० भन्दा बढी गुरु विद्यार्थीहरु तथा कर्मचारीको निशुल्क सुगर प्रेसर र पिसाव जाँच गरिएको हो ।


स्वर्गद्धारी क्षेत्रमा पालीएका  ७ सय वढी गाईको लागी स्वर्गद्धारी नगरपालिकाको सहयोगमा भ्याक्सीन समेत उपलब्ध गराएको  लायन्स क्लव हरिओमका सचिव खगेस्वर पौडेलले जानकारी दिनुभयो ।

Sarbottam

 निशुल्क स्वास्थ्य सेवा लिन पाउदा आश्रमका गुरु कर्मचारी तथा विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन ।


लायन्स क्लव ३२५ एनका एम्भेस्टर अर गभर्नर लोक बहादुर बस्नेतले २०० बढी देसमा फैलिएको लायन्स क्लव मानव सेवाको निम्ती समर्पित सस्था रहेको बताउनुभयो । दैविक प्रकोप , मानव स्वास्थ्य लगायतका विषयमा क्लवले सेवा गर्दै आएको छ । उज्यालो स्वर्गद्धारी अभियान अन्तरगत गत वर्ष पनि लायन्स क्लव द्धारा स्वर्गद्धारीमा उज्यालो लाईट जडान गरिदिएको बस्नेतले बताउनुभयो ।


लायन्स क्लव प्यूठान हरिओमका अध्यक्ष ध्रुव पोख्रेलको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दुर्गा रेग्मी , लायन्स क्लवका खिम प्रसाद पार्धे , रामप्रसाद श्रेष्ठ , हेमराज आचार्य , उमाराम पौडेल गोविन्दराज पोख्रेल , भगवता वस्नेत लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रमको संचालन लायन्स क्लव हरिओमका सचिव खगेस्वर पौडेलले गर्नुभएको थियो ।

Worldlink
Loading...