
">प्रतिनिधी सभा सदस्यका उम्मेद्वार सुर्य बहादुर थापाले जनमत एमालेको पक्षमा रहेको पुष्टी गर्न जनतामाझ पुगेको बताउनुभएको छ ।
सनिवार सरुमारानी गाउँपालिकाको वड्डाडामा आयोजित चुुनावी सभालाई सम्वोधन गर्दै थापाले असंवैधानिक रुपमा संसद विघटन गरेपनि जनमत जनताकै पक्षमा छ भन्ने पुन स्थापित गर्न जनतामाझ आएको बताउनुभयो ।
अढाई वर्ष पदावधी बाकि रहेकै समयमा असंवैधानिक रुपमा प्रतिनिधी सभा विघटन भयो । उहाले भन्नुभयो ,जनमत एमालेको पक्षमा छ भन्ने पुःन स्थापित गर्ने संकल्प र प्रतिवद्धताका साथ अघि बढेका छौ । यो कार्यक्रमले जिल्ला व्यापी सन्देस प्रवाह गरेको थापाको भनाई छ ।

सरुमारानी क्षेत्रको पुर्वाधार विकास , मोटरवाटो , कुडुले पक्की पुल , सडक सन्जाल , बड्डाडा बुढीचौर उपल्लो वाटो , वड्डाडा सौराकोट पाङकोट सरुमारानी लेक , किमिचौर दह पर्यटन पुर्वाधार विकास , राष्ट्रिय गौरवको रुपमा रहेको नौमुरे जलविद्युत आयोजना र यहाको कृषि उत्पादनको बजारीकरणका योजना बनाएको थापाले उल्लेख गर्नुभयो ।

