
">ऐरावती गाउँपालिकाका विभिन्न ठाउमा प्रतिनिधि सभा सदस्य उम्मेदवार सुर्य थापा पुग्दा स्थानियहरु उत्साहित बनेका छन ।
नेकपा एमालेको चुनाब लक्षीत कार्यक्रममा शुक्रबार जाबुनेका स्थानियहरुले उत्साहका साथ जिल्लाकै परिचित जाबुने दह पोखरीलाई ब्यबस्थित गर्न उम्मेदवार सुर्य थापा समक्ष माग गरेका छन ।
वडा न. १ माझखन्ड , छेडाघाट र बङसारीका स्थानियहरु अर्घाखाँची सङ्ग जोड्ने पुलको माग गर्दै नेता थापालाई गाउमै भेट्दा खुशी व्यक्त गरेका छन ।
कोलबोटका स्थानियले हालसम्म कोहि पनि नेता , जनप्रतिनिधी तथा उम्मेदवार गाउँमा नआएको र उम्मेदवार थापालाई देख्दा खुसी व्यक्त गरेका हुन ।
नेकपा एमाले प्युठानबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुर्य थापाको चुनाब केन्द्रित जनभेटघाट कार्यक्रम दोस्रो दिन शुक्रबार पनि ऐरावतीमै चलेको थियो ।
थापाले जनताका मागलाई यथोचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पालिकाको ३ नम्बर वडा अधेरी , दारिमपाटा , चुत्रेनी छेडा, जाबुने ,तालपोखरा हुदै वडा नम्बर १ लामिदमार , माजखन्ड , कोलबोटमा स्थानिय संग एमाले उम्मेदवार सुर्य थापा र समानुपातिक उम्मेद्वार एन्जिला थापा लक्ष्मीले जनभेटघाट कार्यक्रम सम्पन्न गरेको एमाले प्युठानले जनाएको छ ।
कार्यक्रममा नेकपा एमाले ऐरावतीका अध्यक्ष टीका बहादुर गुरुङ , नेकपा एमाले लुम्बिनी प्रदेस सल्लाहकार कमिटी सदस्य सुरेस थापा ,अनेरास्ववियुका प्युठान जिल्ला ईन्चार्ज टेकराज केसी, लगायत नेता तथा कार्यकर्ता अभियानमा जोडिएका थिए ।

