malvika
ma laxmi dental

नौबहिनीमा एमाले प्रवेशको लहर

">

प्यूठान । नौबहिनी गाउँपालिकामा नेकपा (एमाले)ले गरेको चुनावी कार्यक्रममा पार्टी प्रवेशको लहर चलेको छ । वडा नं. ५ डामृ र वडा नं. ६ लुङमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका हु्न ।

">

लुङका कमान सिंंह सुनार र अर्जुन सुनार कांग्रेस परित्याग गरि एमाले प्रवेश गर्नुभयो । डामृ काटेका उमेश पुन नेपाली कांंंग्रेस र धनबहादुर केसी राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टी परित्याग गरि लालबहादुर सुनार र नेपाली कांग्रेस परित्याग गरि केशव सुनार नेकपा (एमाले)मा प्रवेश गर्नुभएको एमाले प्यूठानले जनाएको छ । त्यस्तै डामृ सेरबाङमा नमिसरा घर्तिमगर, पिमा थापा मगर र रेखुराम थापा मगर नेपाली कांग्रेस परित्याग गरि एमाले प्रवेश गर्नुभएको छ ।

नवप्रवेशीहरुलाई पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य थापाले स्वागत गर्नुभयो ।

Sarbottam
Loading...