malvika
Worldlink

गौमुखीमा उम्मेदवार सहितको भेटघाट सम्पन्न, नारिकोटमा एमाले प्रवेश

प्यूठान । प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य थापाले गौमुखी गाउँपालिकाका विभिन्न टोल बस्तीहरुमा मतदातासँगको भेटघाट सम्पन्न गर्नुभएको छ । एमाले प्यूठानले गरेको दोश्रो चरणको भेटघाट अन्तरगत अभियान सम्पन्न भएको हो ।

 

mallika

गौमुखी गाउँपालिकाका सबै क्षेत्रहरुमा स्थानीयको उत्साहपूर्ण सहभागीतामा कार्यक्रम सम्पन्न भएको एमाले पालिका अध्यक्ष जुमानसिंह केसीले जानकारी दिनुभयो । मंगलबार नागरिकोटमा भएको कार्यक्रमको अवसरमा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन् ।

 

riyan

नेपाली कांग्रस र राष्ट्रिय जनमोर्चा पार्टी परित्याग गरि एमाले प्रवेश गरेको एमालेले जनाएको छ । प्रवेश गर्नेहरुमा जित बहादुर सुनारको नेतृत्वमा शोभा सुनार ,वीर बहादुर कुवर ,जबुना सुनार , कृष्ण बहादुर सामत , सान्ता मगर , रोम बहादुर बिक रहनुभएको छ । नारीकोट पिपलरुखा भएको कार्यक्रमको अवसरमा उम्मेदवार समेत रहनुभएका एमाले केन्द्रीय सदस्य तथा प्यूठान इन्चार्ज थापाले उहाँहरुलाई स्वागत गर्नुभयो ।

Marvel
Marvel
Loading...