
">मुनाल पोष्ट,
प्यूठानमा नसर्ने रोगहरु पहिचानमा लक्ष्य भन्दा बढी प्रगती देखीएको छ । ९ वटा स्थानिय तहहरु रहेको प्यूठान जिल्लामा नसर्नेरोग पहिचानका लागी २१ हजार ६ सय २९ लक्ष्य रहेको थियो । जस अनुसार प्रगती २१ हजार ६ सय ५८ रहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेश बावु श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाको २४३७ लक्ष्य रहेको गौमुखी गाउँपालिकामा प्रगती २२२३ रहेको छ भने ३११४ लक्ष्य रहेको नौवहिनी गाउँपालिकामा प्रगती ३२६९ रहेको छ । २३८९ लक्ष्य रहेको झिमरुक गाउँपालिकामा प्रगती २४९१ देखिएको छ । ४०३२ लक्ष्य रहेको प्यूठान नगरपालिकामा प्रगती ३६६१ देखिएको छ । त्यस्तै ३०१६ लक्ष्य रहेको स्वर्गद्धारी नगरपालिकामा प्रगति ३११२ रहेको छ । १५०१ लक्ष्य रहेको माण्डवी गाउँपालिकामा प्रगति १५१७ रहेको छ । १४०८ लक्ष्य रहेको मल्लरानी गाउँपालिकामा प्रगती १४३८ देखिएको छ । १८५५ लक्ष्य रहेको ऐरावती गाउँपालिकामा प्रगती २०३९ रहेको छ ।
त्यस्तै १८७७ लक्ष्य रहेको सरुमारानी गाउँपालिकामा प्रगती १९०८ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जुन जिल्लाको सतप्रतीशत प्रगती मान्न सकिन्छ ।फागुन २७ गते सम्मको तथ्यांक अनुसार गौमुखी गाउँपालिकामा २१४ र प्यूठान नगरपालिकामा ३७१ गरि ५८५ जनामा नसर्ने रोग स्क्रिनिङ गर्न अझै बाकि रहेको कार्यालको तथ्यांक छ ।

