
">मुनाल पोष्ट
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल जिल्ला शाखाले आज प्युठान अस्पतालमा भर्ना भएका बिरामिलाई फलफुल बितरण गरेको छ ।
प्रतिस्ठानको केन्द्रिय २५ औ स्थापना दिवसको अबसरमा फलफुल बितरण गरेको प्युठान शाखा अध्यक्ष तुकमानसिङ कार्कीले जानकारी दिनुभयो ।
फलफुल बितरण कार्यक्रममा प्युठान अस्पताल बिकास समितिका अध्यक्ष बिजय बिराज बिष्ट ,प्युठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगी , प्युठान नगरपालिकाका प्रबक्ता सुमनराज श्रेष्ठ , नगरपालिकाका पुर्ब मेयर अर्जुन कुमार कक्षपति , प्रतिस्ठानमा आबद्ध कलाकार , स्वास्थ्यकर्मी , पत्रकार लगायतको उपस्थित रहेको थियो ।

