malvika
ma laxmi dental

इनिसालाई न्याय माग्दै सुर्खेतमा विद्यार्थीको पदर्शन

">

मुनाल पोष्ट,
शुक्रवार बिहान इनिसासंग पढ्दै आएका साथीहरू इनिसालाई न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि प्रदर्शनमा उत्रिएका थिए ।१६ वर्षीया किशोरी इनिसा विकलाई न्याय दिनु पर्ने माग राख्दै विद्यार्थीहरूले आज प्रदर्शन गरेका हुन ।इनिसा वीरेन्द्रनगर–६, घण्टाघर नजिक रहेको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा विज्ञान विषय लियर पढी रहेकी थिइन् ।प्रदर्शनमा सहभागीहरूलाई ‘इनिसा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जस्टिस फर इनिसा, वीइवान्ट जष्टिस’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।

">

विद्यालय परिसरबाट सुरु भएको विरोध प्रदर्शन र्याली जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेटमा पुगेर प्रदर्शन गरेका छन् । उनीहरूले इनिसा विकको हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाहीको माग समेत गरेका छन् । इनिशाको मृत्यु शङ्कास्पद रहेको भन्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिलाउन राज्यका सम्बन्धित निकाय गम्भीर हुनुपर्ने विद्यार्थीहरुको माग छ ।

गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसाको २३ फागुन बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा मृत फेलका परेका थिए । मृतकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २५ फागुनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू चारै जना इनिसाकै कक्षाका विद्यार्थीहरू हुन् ।

सुर्खेत प्रहरीले २३ फागुनदिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि २४ फागुनमा अरू तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

Sarbottam
Loading...