
मुनाल पोष्ट ,
सरुमारानी गाउँपालिकामा क्षयरोग (TB) नियन्त्रण तथा रोकथाम कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय तहस्तरीय समन्वय तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
विहिबार वड्डाडामा आयोजना गरिएको कार्यक्रममा क्षयरोगको अवस्था, बिरामी खोज तथा पहिचान, उपचारको नियमितता, सम्पर्क परीक्षण, समुदायमा जनचेतना अभिवृद्धि तथा क्षयरोगमुक्त स्थानीय तह निर्माणका विषयमा विस्तृत छलफल गरिएको हो ।
कार्यक्रममा सहभागीहरूले क्षयरोगका सम्भावित बिरामीहरूको समयमै पहिचान गरी उपचार सेवामा पहुँच सुनिश्चित गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन।क्षयरोग अन्त्यका लागि स्थानीय सरकार, स्वास्थ्य संस्था, समुदाय तथा विकास साझेदारबीचको सहकार्यलाई अझ सुढृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।


त्यस्तै क्षयरोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, जोखिम समूहमा सक्रिय विरामी खोजी अभियान सञ्चालन गर्ने र क्षयरोगमुक्त समाज निर्माणका लागि सबै पक्षको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णयसमेत गरिएको छ।
कार्यक्रमको सहजिकरण विएन एमटी नेपालका कार्यक्रम संयोजक शिखर गौतम र सरुमारानी गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख टेकेन्द्र रायमाझीले गर्नुभएको थियो ।
स्वास्थ्य कार्यालय प्यूठानको आयोजना, विराट नेपाल मेडिकल ट्रस्ट (BNMT) को आर्थिक तथा प्राविधिक सहयोग एवं सरुमारानी गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भग बहादुर विस्वकर्मा , उपाध्यक्ष वसन्ता खड्का , प्रमुख प्रसासकिय अधिकृत त्रिविक्रम खड्का , स्वास्थ्य साखा प्रमुख टेकेन्द्र रायमाझी , प्रवक्ता चिन्त बहादुर सोमै, लगायत जनप्रतिनिधी , स्वास्थ्यकर्मी , संघ सस्थाका प्रमुख तथा प्रतिनिधि तथा र सरोकारवालाहरुको उपस्थित रहेको थियो ।
