
मुनाल पोष्ट,
सरुमारानी गाउँपालिकाले जातीय भेदभाव उन्मुलन राष्ट्रिय दिवस भव्य रुपले सम्पन्न गरेको छ । विहिवार दिवसका अवसरमा दलित सशक्तिकरण कार्यक्रम गरि दिवस मनाईएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति संविधान सभा सदस्य धन बहादुर रायमाझीले दलित समुदायको आर्थिक र सैक्षिक पक्ष सवल नहुदासम्म जातीय विभेद अन्त्य हुन नसक्ने बताउनुभयो । त्यस्तै गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले राज्यले दर्जनौ दिवसका विदाहरु स्वीकृत गर्दा दलित विभेद संग सम्वन्धीत दिवसलाई वेवास्ता गरेको बताउनुभयो । उहाले आगामी सालदेखी पालिकामा जेष्ठ २१ गते जातीय भेदभाव तथा उन्मुलन दिवसमा सार्वजनिक वीदा गर्ने घोषणा गर्नुभयो ।



त्यस्तै कार्यक्रममा अधिवक्ता वेदराज पाण्डेले समाजमा हुने विभिन्न खालका विभेदमा कानुनी व्यवस्थाका विषयमा जानकारी गराउनुभएको थियो । दलित अभियान्ता लोकेन्द्र सुनारले जातीय विभेद दण्डित र अपराध रहेको बताउदै यस्तो विभेद कसैले पनि नगर्न आग्रह गर्नुभएको हो । बक्ताहरुले छुवाछुत अन्त्य र समावेशी न्यायका लागी साझा धारणा व्यक्त गरेका थिए । कार्यक्रममा गाउँपालिकाका १८ जना दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई सम्मान र पुरस्कृत समेत गरिएको थियो ।

यसले विद्यार्थीहरुको पठनपाठनमा थप हौसला प्रदान गर्ने विश्वास लिइएको छ । सरुमारानी गाउँपालिकाको सभाहल वड्डाडामा आयोजना गरिएको कार्यक्रममा २ सयभन्दा वढी दलित समुदायका नागरिक , दलित अधिकारकर्मी ,स्थानिय जनप्रतिनिधी, पत्रकार लगायतको उपस्थित रहेको थियो । स्थानिय बाजाको र्यालि सहित आयोजना गरिएको कार्यक्रमको संचालन उद्यम विकास सहजकर्ता सिता विकले गर्नुभएको थियो ।

