
मुनाल पोष्ट,
मल्लरानी गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई ३ दिने उद्यमशिलता विकास सम्वन्धी तालिम सम्पन्न गरेको छ । जेष्ठ २९ गतेदेखी चुँजाठाँटीमा संचालन गरिएको तालिमको आईतवार समापन गरिएको हो ।
वैदेशिक रोजगारबाट फर्किएका हरुलाई उद्यमशिलतामा जोडी आत्मनिर्भर तथा स्वरोजगार बनाउने उदेश्यले तालिमको आयोजना गरिएको रोजगार संयोजक सरद भण्डारीेले बताउनु भयो । तालिममा वित्तीय साक्षरता , मनोसामाजिक परामर्श, श्रम स्वीकृत तथा बैदेशिक रोजगार बोर्डका कल्याणकारी सेवाका बारेमा जानकारी गराईएको थियो ।


मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले उद्यम गर्न चाहाने किसानका लागी पालिकाबाट सहयोग गर्ने बताउनु भएको छ ।

सहभागीहरुलाई प्रशिक्षक निर्मला पोख्रेलले उद्योग संचालन, योजना, आर्थिक व्यवस्थापन र वजारिकरणका विषयमा जानकारी गराउनुभएको थियो ।
सहभागीहरुले तालिम सिपमुलक , व्यवहारीक र प्रभावशाली रहेको बताएका छन । कार्यक्रममा मल्लरानी गाउँपालिका २ का वडाध्यक्ष लेख बहादुर थापा , पत्रकार महासंघ प्यूठानका सहसचिव बोमबहादुर परियार लगायतले मन्तब्य राखेका थिए ।

