
">मुनाल पाष्ट,
कालिका अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले दुई दिने शिक्षक, अभिभावक तथा विद्यार्थी उत्प्रेरणात्मक एवम् अभिमुखीकरण कार्यक्रम गरेको छ। प्युठान नगरपालिका वडा नम्बर ४ टारी, बिजुवारस्थित विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने र सरोकारवालाहरूमा सकारात्मक सोचको विकास गर्ने उद्देश्यका साथ शुक्रवार देखी संचालन भएको २ दिने कार्यक्रम सनिवार समापन भएको हो।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल दुर्गा बहादुर गुरुङले शिक्षक, विद्यार्थी र अभिभावक त्रिकोणात्मक सम्बन्ध रहेकाले सबै पक्ष जिम्मेवार र उत्प्रेरित हुनुपर्नेमा जोड दिनुभयो । दिनसम्म संचालन कार्यक्रममा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरू, सम्पूर्ण अभिभावकहरू तथा शिक्षकहरूलाई लक्षित गरी छुट्टाछुट्टै सत्रहरूमा अभिमुखीकरण र उत्प्रेरणा प्रदान गरिएको जानकारी दिनुभयो।
कार्यक्रमका विशिष्ट अतिथि नेपालकै प्रख्यात उत्प्रेरक वक्ता (Motivational Speaker) डा.तारा प्रसाद गिरी रहनुभएको रहनुभएको थियो। उहाले आधुनिक शिक्षा प्रणालीमा संस्कारयुक्त र व्यावहारिक ज्ञानको महत्त्वबारे चर्चा गर्नुभएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमान सिंह जी.सी. को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्युठान नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नम्बर ३ का वडा अध्यक्ष सुमन राज श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो।
