
">प्यूठान । नेकपा (संयुक्त)बाट प्रतिनिधि सभा सदस्यका लागि प्यूठानबाट उम्मेदवारी दिनुभएका नवीन कक्षपतीले आफु युवाहरुको प्रतिनिधि भएको बताउनुभएको छ । चुनावी प्रचार सामाग्री सार्वजनिक गर्दै उहाँले ‘हामी बदल्छौं’ भन्ने विश्वासका साथ युवा विदेश पलायन, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा असमान पहुँच जस्ता मुद्धा लिएर आफु चुनाव होमिएको उहाँले बताउनुभयो ।
वियगतमा युवाको भविष्यप्रति राज्यको गैरजिम्मेवारी देखिएकाले युवाहरुको मुद्धाको सहि प्रतिनिधि आफु भएको उहाँले दावी गर्नुभयो । ‘प्यूठानको शिक्षा, स्वास्थ, कृषि पर्यटन, सिंचाइ र भौतिक पूर्वाधारहरु लथालिङ्ग छ, सरकारी नीति–नियम समयानुकूल छैनन् ।’ ,उहाँले भन्नुभयो, ‘यी तमाम समस्याको निकास दिन स्पष्ट दृष्टिकोण, दृढ इच्छाशक्ति र जवाफदेही नेतृत्व आवश्यक छ ।’
अन्याय, भ्रष्टाचार, विकृति र सुशासनको पक्षमा लेख्दै बोल्दै आएको दावी गर्दै उहाँले बिरोध को अन्ततः प्रश्न उठाउने ठाउँ केवल सडक मात्र होइन, संसद पनि हुनुपर्छ भन्ने विश्वासका लागि आफु चुनावी अभियानमा लागेको उहाँको भनाई छ ।

