malvika
ma laxmi dental

नौबहिनी गाउँपालिकाको लिघा र खवाङमा एमालेको चुनावी सभा

">

प्यूठान । नौबहिनी गाउँपालिकाको लिघा र खवाङमा एमालेले चुनावी प्रचार अभियान अन्तरगत सभा गरेको छ । प्रतिनिधि सभा निर्वाचन लक्षित प्रचार अभियान अन्तरगत गाउँपालिकाका वडा नं. २, ३ र ४ मा सभा गरिएको एमाले नौबहिनीले जनाएको छ ।

">

 

निर्वाचनका उम्मेदवार सूर्य थापा सहित गरिएको चुनावी प्रचार कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागीता रहेको थियो । उम्मेदवार थापा सहितको प्रचार अभियान टोलीलाई स्थानीयले पञ्चेबाजा सहित स्वागत गरेका थिए ।

 

पाँच वर्ष कार्यकालका लागि आफुहरुले प्रतिनिधिको रुपमा पठाए पनि कार्यकाल पुरा नभएकाले पुनः प्रतिनिधि सभामा सूर्य थापालाई विजयी गराउने स्थानीयले प्रतिवद्धता व्यक्त गरेका छन् ।

Sarbottam
Loading...