malvika
Sarbottam

रेन्वो एकेडेमीको तेस्रो खेल महोत्सव सुरु

">

रेन्वो एकेडेमी जुम्री प्यूठानले तेस्रो खेलकुद महोत्सव संचालन गरेको छ । खेलको माध्यमबाट विद्यार्थी र पठनपाठनलाई थप उर्जावान बनाउने उदेश्यले संचालन गरिएको खेलकुद महोत्सव तिन दिन सम्म संचालन हुने प्रिन्सीपल दुर्गा बहादुर खड्काले जानकारी दिनुभयो ।

आईतवारदेखी गणतान्त्रीक खेलमैदान विजुवारमा संचालन भएको खेल महोत्सवमा विद्यार्थीहरुलाई कुर्चि दौड, क्रिकेट, लम्जम्प, रिलेदौड, हिसाव दौड, तातो आलु, चम्चा दौड, घैटाफोर, बेलुन डान्स, तेक्वान्दो ,दिमाग परिक्षण, मार्चपास लगायत ३० भन्दा बढी खेलहरुमा समावेश गराईनेछ ।


आज पहिलो दिन विद्यार्थीहरु मार्चपास, म्यूजिकल चियर, वेलुन व्लास्ट, सिट जम्प, प्लेट क्यारी, हट पोट्याटो खेलहरु खेलेका थिए ।

Sarbottam

२०६६ सालमा स्थापना भएको एकेडेमीले २०८० सालवाट विधिवत रुपमा खेल सप्ताह सुरु गरेको थियो । कार्यक्रम माघ ६ गतेसम्म संचालन हुनेछ ।
प्यूठान नगरपालिका ४ जुम्रीमा रहेको एकेडेमीमा हाल कक्षा नर्सरी देखी ७ सम्म पढाई हुदै आएको एकेडेमीले जनाएको छ ।

Worldlink
Loading...