
">मुनाल पोष्ट,
वेलवास माध्यमिक विद्यालय स्वर्गद्धारी नगरपालिका ७ सोत्रे तापाका अङ्ग्रेजी शिक्षक शिशिर केसी सम्मानित हुनुभएको छ । आज विद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा उहालाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।
केसीले २०८२ सालको एसईई परिक्षाको नतिजामा अङ्ग्रेजी विषयतर्फ शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको भन्दै विद्यालयले सम्मान गरेको हो । सम्मान ग्रहण गर्दै शिक्षक केसीले विद्यालयको सम्मानले आगामी दिनमा अझ जिम्मेवार, संवेदनशील र समर्पित भएर शिक्षणप्रति लागिरहन ऊर्जा, प्रेरणा र आत्मविश्वास प्रदान भएको बताउनु भएको छ ।
