malvika
Sarbottam

प्यूठानका यातायात व्यवसायी कम्लेसको मृत्यु

">

मुनाल पोष्ट,
प्यूठानका यातायात व्यवसायी कमल केएम कम्लेशको मृत्यु भएको छ । प्यूठान नगरपालिका ३ रातामाटा घर भएका ४२ वर्षिय कमलको शनिवार दिउसो उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछी कमललाई विहान प्यूठान अस्पतालको ईमर्जेन्सीमा भर्ना गरिएको थियो । अस्पतलमा उपचाररत कमलको दिउसो ४ः३० बजेको समयमा  मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । कमलले विगत डेढ दशकभन्दा लामो समयदेखी प्यूठानमा यातायातको क्षेत्रमा काम गर्दै आएका थिए ।

Worldlink
Loading...