
">नेकपा एमाले प्यूठानले आज पनि पार्टीका अगुवा पंक्तिसंग निर्वाचन केन्द्रित छलफल तथा भेटघाट गरेको छ ।
शुक्रवार जिल्लाको मल्लरानी गाउँपालिका , प्यूठान नगरपालिका र ऐरावति गाउँपालिकामा उक्त भेला सम्पन्न गरेको एमाले प्यूठानले जनाएको छ ।
आफ्नो उम्मेदवारलाई जिताउन एमाले प्युठानले प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुर्य थापा सहित पालिका, वडा तहमा अगुवा कार्यकर्ता भेटघाट र चुनावी योजना बनाउन जुटेका छन् ।
सोही सन्दर्भमा अगुवा कार्यकर्ता भेटघाट गरेको नेकपा एमाले प्युठानका सचिब इन्द्रमणी पोख्रेलले जानकारी दिनुभयो ।
भेटघाट कार्यक्रमको अवसरमा फागुन २१ गते हुने निर्वाचनका बारेमा अगुवा कार्यकर्ता संग छलफल भएको सचिब पोख्रेलले जानकारी दिनुभयो ।
यो संगै जिल्लाका ३ वटा पालिकामा भेटघाट गर्न वाकि रहेको उहाको भनाई छ ।
कार्यम्रममा लुम्विनी प्रदेशका सचिवालय सदस्य तुल्सीराम शर्मा , जिल्ला कमिटी , पालिका तथा वडाका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

