
">मल्लरानी गाउँपालिका ३ को वुकेनी वस्तीमा होमस्टे संचालनको लागी सम्भाबना क्षेत्र रहेको नेकपा एमाले नेता सुर्य थापाले बताउनु भएको छ ।
बुकीडाँडासँग जोडिएको बुकेनी बस्तीमा जनजातिको बाहुल्यता समेत रहेकोले यहाँ होम स्टे संचालन गरेर पर्यटनलाई स्थानीयको आम्दानीसँग जोड्न सकिने उहाँले बताउनु भयो । प्रतिनिधि सभा सदस्यको निर्वाचनको शिलशिलामा बुकीडाँडाको अवलोकन गर्नुभएको नेता थापाले होम स्टे संचालनका लागि आवश्यक तालिम, यहाँको पुर्वाधार विकाससँगै पर्यटन प्रवद्र्धनका गतिविधि संचालनका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
२०७१ मा भएको एमाले नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित पत्रकारिता तथा पर्यटन क्षेत्रका विज्ञ थापाले केन्द्रीय प्रचार विभागको सहप्रमुखसँगै पर्यटन प्रवद्र्धन विभागको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

मल्लरानी गाउँपािलका–४ पाण्डेडाँडाबाट बिहिबार बिहान शुरु भएको निर्वाचन लक्षित जनभेटघाट कार्यक्रम बुकिडाँडा आसपासका क्षेत्रको अवलोकनसङ्गै बुकेनीमा सम्पन्न भएको थियो ।
यस संगै वडा नं १ को सानिलेख, अर्बाङ्ग हुँदै मल्लरानी–३ को गिरिचौरमा एमालेको चुनावी भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
