malvika
ma laxmi dental

ऐरावतीमा नेकपा एमालेको जनभेटघाट कार्यक्रम सुरु

">

नेकपा एमाले प्युठानको जनभेटघाट कार्यक्रम बिहिबार  देखि ऐरावती गाउँपालिकामा सुरु भएको छ ।

">

आउदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्बाचन लक्षित कार्यक्रम पालिकाको सबै वडामा हुने गरि  सम्पन्न भएको हो ।
ऐरावती गाउपालिका ४ छाप र धुबाङका स्थानियहरु आफ्ना माग सहित सभामा जुटेका थिए ।

त्यस्तै गाउपालिका ४ गोल्जाका  स्थानियले यसपटक नेकपा एमालेलाई बिजयी गराउने गरी लागेको बताएका छन ।
त्यस्तै सराङवेसीकी सिबा घर्तिले यस एमालेको जित निश्चिति रहेको बताउनु भएको छ ।

चुनाबी भेटघाट सम्पन्न  गर्न ऐरावती पुगेका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुर्य थापाले  जनताको  सु:ख दु:खमा आफू सधै साथमा रहेको बताउनु भयो । सोही अबसरमा सरङवेसी, खबाङ, गोठिबाङमा समेत चुनाबी भेटघाट सम्पन्न भएको एमाले  प्युठानले जनाएको छ ।
जनभेटघाट अभियानमा ऐरावती गाउँ कमिटी अध्यक्ष टीका बहादुर गुरुङ ,स्थानिय नेता अर्जुन साप्कोटा ,  पुरन गुरुङ , अनेरास्वबियुका केन्द्रिय सदस्य टेकराज केसी , राष्ट्रिय युवा संघ प्युठानका जिल्ला ईन्चार्ज  ईस्वर थापा, राष्ट्रिय युवा संघ प्युठानका अध्यक्ष महेस पान्डे लगायत नेताहरु रहनु भएको थियो

Sarbottam
Loading...