malvika
ma laxmi dental

एमालेको चुनावी भेटघाट अभियान मल्लरानी गाउँपालिकामा शुरु

">

प्यूठान । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन केन्द्रीत चुनावी भेटघाटलाई अभियानको रुपमा संचालन गरिरहेको एमालेले आज आइतबारबाट मल्लरानी गाउँपालिकामा शुरु गरेको छ ।

">

 

उम्मेदवार सूर्य थापा सहितको टोलीले विहान मल्लरानी गाउँपालिकाको वडा नं. ३ छेडामा मतदाता भेटघाटहरुसँग भेटघाट गरेको छ । यहाँबाट शुरु भएको चुनावी कार्यक्रम आज दिनभर वडा नं. ३ का विभिन्न टोल बस्तीहरुमा संचालन हुने गाउँपालिका कमिटीका अध्यक्ष नोमराज पौडेलले जानकारी दिनुभयो ।


एमालेले यसअघि ऐरावती गाउँपालिका, स्वर्गद्वारी नगरपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकामा चुनावी जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

Sarbottam
Loading...