malvika
Sarbottam

प्युठानबाट रास्वपाका उम्मेदवार वैदिक बिजयी

">

मुनाल पोष्ट
प्युठान, प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्यूठानबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशान्त वैदिक निर्वाचित हुनुभएको छ । शनिबार साँझ सम्पन्न मतगणना अनुसार बैदिकले २७ हजा ४६९ मत प्राप्त गरि विजयी हुनुभएको हो ।

बैदिकका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज पोख्रेलले १८ हजार ३३८, नेकपा एमालेका उम्मेदवार सूर्य थापाले १६ हजार ७१०, नेकपाका उम्मेदवार कृष्णध्वज खड्काले ९ हजार ७४ र राष्ट्रिय जनमोर्चाका उम्मेदवार तिलक जिसीले ७ हजार ६५४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी श्रम संस्कृति पार्टीका गोविन्द गिरीले ५९४, नेकपा(माओवादी) का सीता विकले ५०१, राप्रपाका धनेश्वर पण्डितले ४१५, नेशनल रिपब्लिक नेपालका तारा सिं थापामगरले ९४, मंगोल नेशनल अर्गनाईजेशनका हर्क बहादुर पुनले ८१ मत प्राप्त गर्नुभएको छ ।

Sarbottam

अन्तिम मत परिणाम अनुसार नेपाली जनता दलका विमल प्रसाद पोख्रेलले ७८, प्रगतिशिल लोकतान्त्रिक पार्टीका श्यामलाल गहतराजले ५०, नेकपा(संयुक्त)का नविन कुमार कक्षपतिले ४५ र आम जनता पार्टीका रोम बहादुर थापा मगरले ४३ मत प्राप्त गर्नुभएको छ ।
यस सङ्गै आईतबार बिहान देखि जिल्लाको समानुपातिक मत गणना गरिने जिल्ला निर्बाचन कार्यालय प्युठानले जनाएको छ ।

Worldlink
Loading...