malvika
Worldlink

राष्ट्रिय लोक भजन प्यूठानको अधिवेशन सम्पन्न अध्यक्षमा अधिकारी चयन

मुनाल पोष्ट,
राष्ट्रिय लोक भजन तथा चुड्का संरक्षण प्रतिष्ठान प्यूठानको अध्यक्षमा भुपेन्द्र प्रसाद अधिकारी चयन हुनुभएको छ । उपाध्यक्ष सोभाराम  भट्टराई र सित्तल थापा ,सचिव मदुसुधन खड्का ,सहसचिव उमेश रिजाल ,कोषाध्यक्ष मोहनलाल पौडेल ,सह कोषाध्यक्ष विमला भण्डारी, सदस्य चन्द्रा खनाल लगायत २५ जनाको कार्यसमिति रहेको छ ।

riyan


सनिवार प्यूठानको जुम्रीमा आयोजित प्रतिष्ठानको प्रथम अधिवेशन तथा तेस्रो साधारण सभाको अवसरमा जिल्ला स्तरीय भजन प्रतियोगिता समेत सम्पन्न भएको छ । १३ समुहले भाग लिएको भजन प्रतियोगितामा प्रथम वेलपत्रेस्वर मन्दिर भजन समुह प्यूठान नगरपालिका १ क्वाडी , दोस्रो टिकुरी भजन समुह प्यूठान नगरपालिका ७ टिकुरी , तेस्रो पतन्जली योग साधना समुह प्यूठान नगरपालिका ८ बाग्दुला भएको सचिव मदुसुधन खड्काले जानकारी दिनुभयो । बिजेता समुहले क्रमश १५ हजार , १० हजार र ७ हजार ५ सय रुपैया प्राप्त गरेका छन ।

mallika

भुपेन्द्र प्रसाद अधिकारीको अध्यक्षतामा सुरु गरिएको कार्यक्रमको प्रमुख अथिति प्यूठान नगरपालिकाका मेयर विष्णु वहादुर योगी रहनुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय उपमहासचिव नारायण प्रसाद भुसाल, लुम्वीनी प्रदेश अध्यक्ष कासिराम पोख्रल , लुम्विनी प्रदेश सदस्य विष्णु प्रसाद गैरे, वरिष्ठ भजन गायक घनश्याम पाण्डेको समेत विशेष उपस्थिती रहेको थियो ।


“बालकदेखी वृद्धा सम्म सवैलाई भुलाउने भनेकै भजन हो, जसले गर्दा सामाजिक संस्कार र सस्कृतीलाई जोगाउन सकिने” बक्ताहरुको भनाई छ । शोभाराम भट्टराईले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव मुदुसुधन खड्काले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला भरवाट भजनप्रेमीहरुको उत्साहजनक सहभगीता रहेको थियो ।

Marvel
Marvel
Loading...