
मुनाल पोष्ट,
औद्योगिक बातावरण सुधार , दिगो अर्थतन्त्रको आधार भन्ने मुल नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले विभिन्न उद्यम ,सिप विकास सम्वन्धी तालिम संचालन गर्दै आएको छ । मंगलवार कार्यालयले ऐरावती गाउँपालिका ३ जाबुनेका स्थानिय उद्यमीहरुलाई व्यवसायीक योजना तयारी र ऋण प्राप्ती प्रक्रिया संवन्धी सहजीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

स्थानिय किसानहरु तथा व्यवसायीहरुलाई दिएको प्रशिक्षण कार्यक्रममा वरिष्ठ उद्यम विकास सहजकर्ता सुसिला नेपालीले उद्यम व्यवसाय संचालन कसरी गर्ने , व्यवसायीक योजना , महत्व र चुनौतिका विषयमा जानकारी गराउनु भएको थियो ।त्यस्तै एन.एम.वी बैंक बरौला साखाका प्रमुख मदुुुुसुदन भट्टराईले व्यापार व्यवसाय संचालन गर्ने उद्यमीका लागी व्यापार लोन सहुलियतमा प्रदान गर्ने बताउनुभयो ।

यस अघि जावुनेका १३ जना उद्यमीले झोल सावुन बनाउने तालिम लिएका थिए । गाउँपालिकाले प्रदान गरेको उक्त तालिमबाट स्थानियहरु उत्साहाका साथ व्यवसाय संचालनमा जुटेको ऐरावती गाउँपालिका ३ का वडाध्यक्ष पदम बहादुर जिसीले बताउनु भयो ।वडा कार्यालयमा संचालन गरिएको तालिमका सहभागीहरुले गाउमै उद्यम व्यवसाय संचालनका लागी महत्वपुर्ण कुरा जान्न पाउदा खुसी व्यक्त गरेका छन ।
घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका प्रमुख लोकराज थापाको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमका प्रमुख अथिति वडाध्यक्ष पदम बहादुर जिसी रहनुभएको थियो । कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यालय प्यूठानकी उद्यम विकास सहजकर्ता संगिता नेपालीले गर्नुभएको थियो ।
