malvika
ma laxmi dental

मन्त्री सारुद्धारा प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन

">

मुनाल पोष्ट
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एस.एन.सी.यु सेवा उद्घाटन गरिएको छ । सोमबार लुम्विनी प्रदेसका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले मृगौलाका विरामीको उपचारको लागी हेमोडायलाईसिस र नवजात शिशु विशेष उपचार कक्ष (एस.एन.सि.यु) को उद्घाटन गर्नुभएको हो ।

">


सेवा उद्घाटन गर्दै मन्त्री सारुले नसर्ने रोगहरुको उपचारमा राज्यको ठुलो रकम लगानी भएको बताउनु भयो । उक्त रोग अहिले भयावह अवस्थामा देखिएको हुदा नागरिकहरुले खानपानमा विशेष ध्यान दिन समेत आग्रह गर्नुभएको छ ।
जिल्लामा हुने शिशुमृत्युको दर घटाउन एस.एन.सी.यु सेवाले महत्वपुर्ण भुमिका खेल्ने प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुवास पौडेलले जानकारी दिनुभयो । उहाले हेमोडायलाईसिस सेवा समेत जिल्लामै सुचारु हुदा मृगौलाका विरामी जिल्ला बाहिर जान नपर्ने बताउनुभयो ।


रोल्पा र रुकुम पुर्व बाहेक लुम्विनी प्रदेशका १० वटै जिल्ला अस्पतालमा हेमोडायलाईसिस सेवा संचालनमा ल्याएकोे लुम्विनी प्रदेश स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले बताउनु भयो ।

प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय विराज विष्टले सल्यक्रिया सहितको प्रसुति सेवा दिदै आएको प्यूठान अस्पतालमा एसएनसियु संचालनले नवजात शिशुको उपचारमा महत्वपुर्ण सहयोग पुग्ने बताउनुभयो ।
अस्पतालमा डायलाईसिस सेवा संचालनका लागी ६ वटा वेड र ८ वटा मेसिन जडान गरिएको छ ।

प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय विराज विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा लुम्विनी प्रदेसका सम्सद तुल्सीराम शर्मा , सम्सद धनालक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय प्रमुख धरम वहादुर जि.सी , नौवहिनी गाउँपालिकाका अध्यक्ष डिल बहादुर थापा, मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का, माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी रोशन, स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेश श्रेष्ठ लायन्स क्लव प्यूठान , मल्लरानी ग्रामिण विकास सस्था प्यूठान, उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ प्यूठान, लगायत विभिन्न सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

हेमोडायलाईसिस र एसएन सियु सेवा संचालमा महत्वपुर्ण योगदान गरेको भन्दै विभिन्न संघ सस्थालाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रमको संचालन प्यूठान अस्पतालकी बरिष्ठ नर्सिङ अधिकृत राधा केसीले गर्नुभएको थियो ।

 

Sarbottam
Loading...