
">मुनाल पोष्ट, प्यूठान
प्यूठानमा स्वास्थ्य बीमाको पहुचमा ३४ प्रतिशत नागरिक रहेका छन । ९ वटा स्थानिय तह रहेको प्युठान जिल्लामा मान्डबी गाउँपालिकामा धेरैजसोले स्वास्थ्य बीमा सेवा लिएको तथ्यांक देखिन्छ ।
जहा ७२.३४ प्रतिशतले स्वास्थ्य बीमाको सेवा लिएका छन । प्युठान नगरपालिकामा ४६.४३,स्वर्गद्धारीमा ४३.२६, झिमरुकमा २८, मल्लरानीमा ४३.२६, गौमुखिमा २३.४, नौ बहिनीमा २०.७७, ऐरावतीमा १७.४१ र सरुमारानीमा १९.२४ प्रतिशत नागरीकले स्वास्थ्य बीमाको सेवा लिएको स्वास्थ्य बीमा वोर्ड प्यूठानका कार्यालय प्रमुख जेद घर्तिले बताउनु भयो ।
साथै प्युठान जिल्लाबाट ३४ प्रतिशत तथा ७८ हजार ७ सय ९७ जनाले स्वास्थ्य बीमा सेवा लिएको घर्तिले बताउनुभयो ।
स्वास्थ्य बीमा वोर्डको दशौ स्थापना दिवसको अवसरमा स्वास्थ्य कार्यालय प्यूठानमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाई नागरीकमाझ सरल ढंगबाट लैजानु पर्ने नागरिक अगुवाहरुको सुझाव छ ।
स्वास्थ्य वीमा लाई आम नागरीक स्तरमा लैजान पालिका तथा वडा स्तरमै स्वास्थ्य बीमा शिक्षा कार्यक्रम गर्नु पर्ने नागरीकहरुको माग छ ।
२०७२ सालमा कैलालीबाट सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम हाल देशभर संचालनमा रहेको छ । बुधबार बीमा बोर्डको स्थापना दिवस देशैभर मनाईएको छ ।

