malvika
Worldlink

स्थानीय खानाका परिकारसंगै मल्लरानीमा खाना महोत्सव हुँदै

mallika

मुनाल पोष्ट ,
मल्लरानी पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न बिगतका वर्षहरुमा जस्तै यस वर्ष मल्लरानीमा खाना महोत्सव हुने भएको छ ।
प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रले मल्लरानी फुड फेस्टिवललाई निरन्तरता दिँदै चौथो संस्करण संचालन गर्न लागेको हो ।

नेवारी, मगर लगायत खानाका परिकारहरुको स्टल रहने छ्न । लाखे, मारुनी लगायतका स्थानीय कला संस्कृति र झाकीहरु प्रस्तुत गरिनेछ ।
कलाकारहरुले सँस्कृतिक प्रस्तुति राख्ने मुल आयोजक समितिका संयोजक भरतकुमार श्रेष्ठले बताउनु भयो ।
सोहि अवसरमा लोक नृत्य प्रतियोगिता समेत संचालन हुने भएको छ ।
महोत्सवमा स्थानीय उत्पादनका अर्गानिक खानाका परिकारहरु, नेवारी खानाका परिकारहरु, स्थानीय जातका कुखुरा, हाँस, खसिबोका, राँगा, बङ्गुर, बदेल, कालिजका विविध परिकारहरु, चाडपर्व विशेषमा बनाइने खानाका परिकारहरु, चामल, कोदो, मकै, जौ, गहुँका विविध परिकारहरु पाइनेछ । स्थानीय उत्पादनहरु बिक्री तथा प्रदर्शन गरिनेछ ।
चैत्र ३० गते र बैशाख १ गते प्यूठान जिल्ला सदरमुकाम खलंगा शिर मल्लरानी डाँडामा खाना महोत्सव संचालन हुनेछ ।

riyan
Marvel
Marvel
Loading...